भक्तपुर । तामाङ समुदायमा गीत सांगीतिक क्षेत्रबाट कलिलो उमेरमै अाफ्नो नाम स्थापित र दर्शकहरूको मन मुटुमा बस्न सफल गायक तथा संगीतकार प्रयास दोङ पनि एक हो।

युवा गायक तथा संगीतकार क्षेत्रमा मात्र समित नभई पछिल्लो समयमा हाल गीत एरेन्जर विधालाई पनि सम्हाल्दै अाएको छ्न्।गायक दोङको बिल्कुलै नयाँ तामाङ सेलो गीत “सुकमेल अलैंची” बोल गीतको म्युजिक भिडियो बजारमा अाएको छ।उक्त गीत म्युजिक भिडियोलाई नेपाल  तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार विश्व दोङको प्रमुख अातिथ्यतामा काठमाडौं स्थिति बाैद्वमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए।

शब्द,संगीत प्रतीक मोक्तानको रहेको गीतमा स्वर प्रयास दोङ र गायिका जितु लोप्चानको सुमधुर स्वर रहेको छन् ।यस गीतको म्युजिक एरेन्जर प्रयास दोङले नै गरेका छन् भने यस गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन । भिडियोलाई निर्देशक प्रतीक न्यासुरको रहेको छन् भने सेङ्जी कृउको साथमा कलाकारहरु बिजय तामाङ, कल्पना तामाङ, मनिशा तामाङ, सुस्मा दोङ लगायतले अभिनय गरेका छन् ।

छायांकन तथा कलरिङ सुर्य लामाले गरेका हुन भने सम्पादन बज्र न्यासुरले गरेको हो ।सेलो म्युजिक प्रोडक्सनको प्रस्तुति रहेको म्युजिक भिडियोलाई सेलो प्रोडक्सनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।
म्युजिक भिडियो हेर्नुस् ।

Comments

comments