काभ्रे । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. का संघीय सांसद गंगाबहादुर तामाङ –बमध्वज)ले भ्रष्टाचारीलाई कम्युनिष्ट सरकारले नछोड्ने बताउँदै आरोप लाग्दैमा कोही पनि भ्रष्टचार नहुने बताएका छन् ।
काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ मा रहेको प्रभा माविको भवन उद्घाटन तथा हस्तारन्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निवर्तमान मन्त्री गोकुल बाँस्कोटा प्रकरणलाई ईंगित गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।
सांसद बमध्वजले नैतिक हुनेलाई मात्र हरेक ठाउँमा प्रश्न उठ्ने र हरामलाई कहीं पनि प्रश्न नउठ्ने दावी गरे । ‘भ्रष्टाचारीलाई कम्युनिस्ट सरकारले छोड्दैन । होइन भने आरोप लाग्दैमा भ्रष्टाचारी हुन्छ ?’ सांसद बमध्वजले भने, ‘गल्ती गरेको छ भने उहाँलाई कानुनी कार्वाही हुन्छ । उहाँले अपराध गर्छ भने पार्टी सती जाँदैन, कसैले चिन्ता लिनुपर्दैन ।’
कार्यक्रममा सबै समय बाँस्कोटाकै विषयमा खर्चेका सांसद बमध्वजले आफू र आम जनतालाई कार्यक्रममा खल्लो महासुस भएको बताएका थिए । निवर्तमान मन्त्री बाँस्कोटालाई प्रमुख अतिथि बनाएको उक्त कार्यक्रममा उनको अनुपस्थितिमा खल्लो महासुस भएको उनको भनाई थियो ।
‘हामी सबैलाई आज खल्लोपना भएको छ । यो कार्यक्रम तय गर्दै गर्दा गोकुल बास्कोटाको प्रमुख अतिथि हुने कुरा थियो ।’ उनले भने ।
एक जना वडा अध्यक्षले ‘उडायो सपना सबै हुरीले’ भनेपछि
कार्यक्रममा नेकपाबाटै विजय भएका वडा अध्यक्षले बाँस्कोटालाई जोडेर ‘उडायो सबै सपना हुरीले’ भनेपछि सांसद बमध्वजले त्यसको कडा जवाफ समेत दिएका थिए । ‘एकजना वडा अध्यक्षले ‘उडायो सपना सबै हुरिले’ भनेको रहेछ । त्यसो हो भने भने कोशिपारी बिकासको गतिमा छैन ? यत्रो विकास भएको देखेन ? कहाँ उडायो सपना ?’ उनले भने, ‘हामी छौं यहाँका आमा बुबाहरुको सपना पूरा गर्नलाई । देउराली बजारमा एउटा खसी ढाल्दैमा सपना उडायो ? सामथ्र्य छ कसैको उडाउने ।’
सांसद बमध्वजले ७ दिन अघि को अबस्था हेर्न अनुरोध समेत गरे । ‘७ दिन अघि सांसद अबरुद्ध केका लागि भएको थियो ? याद छ ?’ उनले भने, ‘यो देशमा भ्रष्टाचार गर्न पाउनुपर्छ भनेर सदन अबरुद्ध पारेको होइन ? काँग्रेसले २२ बर्ष शासन गर्दा कहाँ केके भको छ हामीसँग एक–एक रेकर्ड छ ।’
नैतिकताको आधारमा राजीनामा दिएको हो
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले गोकुल बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको बताए । साथै उनले निवर्तमान सभामुख कृष्ण बहादुर महारा र काँग्रेस नेता खुमबहादुर खड्गाको समेत उदाहरण पेश गरेका थिए ।
‘मेरो बिषयमा कसैले संगीन प्रश्न उठायो भने मैले राजिनामा दिनुपर्दैन ? उहाँले (बाँस्कोटा) नैतिकताको आधारमा राजिनामा दिए । कृष्ण बहादुर महारा देख्नु भो ? खुमबहादुर खड्का कसरी गयो देख्नुभयो ? नैतिकता छ भने गच्छदारले राजिनामा दिनुपर्दैन ?’ उनले छानबिन पछि कृष्ण बहादुर महारा जस्तै गरि बाँस्कोटा पनि निर्दोष सावित हुने ठोकुवा गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।