नमोबुद्ध । काभ्रे जिल्लाको ऐतिहासिक धार्मिकस्थल नमोबुद्धमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको २८५६ नाम्युङ सोनाम ल्होछारको अवसरमा भोलि (सोमबार) बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
‘हामी चिनाउँछौं हाम्रो नमोबुद्ध, हामी बनाउँछौं हाम्रो नमोबुद्ध’ भन्ने मुल नाराको साथ शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको नेकपा जिल्ला नेता राकेश लामाले जानकारी दिए । नेता लामाका अनुसार कार्यक्रममा पुजा, पाठ, झाँकि सहित नमोबुद्ध भगवान घ्याङ्ग गुठि व्यवस्थापन समितिको नव निर्मित भवन समेत उद्घाटन गरीने छ ।
नमोबुद्ध घ्याङ्ग गुठि व्यवस्थापन समिति तथा नमोबुद्ध विकास मञ्चको आयोजनामा हुन लागेको लामाले बताए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

Comments

comments