अशोक बुद्ध लामा
रोशी । काभ्रेको रोशी गाउँपालकाद्वारा २ ओटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । संविधान सभा सदस्य तिर्थ लामाले एक कार्यक्रमकाबीच आज (आइतबार) उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका सभासद लामालेसंसार प्रतिस्पर्धाको युग भैसकेको बेला रोशी गाउँपालिका कसरी सुगम बनाउने भन्ने जिम्मेवारी आफूहरुको भएको बताएका थिए । ‘रोशीको ३९ हजार जनसंख्यालाई कसरी स्वस्थ्य, शिक्षा, रोजगारीमा अगाडि बढाउने विषयमा हामी सबै मिलेर अगाडि बढ्नुपर्ने छ । रोशी गाउँपालिकामा ४ वटा एम्बुलेन्स भएकोमा खुसी मलाई धेरै खुशी लागेको छ ।’ सभासद लामाले भने, ‘राजनीति, शैक्षिक, अर्थिक रुपमा अगाडि बढ्न गरिएको रोशी गाउँपालिका नेपालकै उत्कृष्ट गाउँपालिका हुन सफल होस भन्ने शुभकामना दिन चाहन्छु ।

आफु पनि रोशीमा नै जन्मेको र आफु संविधानसभा सदस्य पनि भएकोले रोशीलाई माया भएको लामाले बताए । ‘रोशी र रोशी गाउँपालिका उपअध्यक्ष लक्ष्मी उप्रेती(बतौलाको) बाटोमा हिड्न अन्य जनप्रतिनिधिहरुलाई सुझाव दिन चाहन्छु ।’ उनले भने, ‘जनप्रतिनिधिहरु भ्रष्टाचार र कमिसनको खेलमा नलाग्न म आग्रह गर्दछु । भ्रष्टाचाररहित समाजको परिकल्पना हामी सबैको हुनुपर्छ ।’
त्यसैगरि रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले एम्बुलेन्ससँगै १२ महिना नै गाडी चल्नसक्ने सडक सूचारु गर्न चुनौती रहेको बताउँदै उपाध्यक्षले इन्धन सुविधाबापत पाउने सेवा सुविधा एम्बुलेन्स लिन प्रस्ताव गरेको र प्रस्ताव स्विकार गरेकोमा कार्यपालिका सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।
‘रोशी गाउँपालिका सस्तो लोकप्रियता भन्दा पनि दिर्घाकालीन रुपमा रोशी गाउँपालिकालाई कसरी बिकास गर्न सकिन्छ भन्ने सोचले अगाडि बढेको रोशीलाई जसरी हे¥यो उस्तै देखिने भएकोले सकारात्मक रुपले हेर्न अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने, ‘अझ राम्रो बनाउन के गर्नुपर्ने हो राम्रो सुझाव दिन म आम जनसमुदायमा अनुरोध गर्न चाहन्छु ।’
कार्यक्रमको बिशेष अतिथि समेत रहेकी संविधानसभा सदस्य ललिता किङरिङ मगरले आफु संविधानसभा सदस्य हुँदा रोशीमा विकास साथै स्वस्थ्यमा उल्लेखनीय काम गरेको स्मरण गरेकी थिइन् ।
समाजसेवी गणेश लामाले रोशी गाउँपालिका ७ सय ५३ स्थानीय मध्यमा राम्रो काम गर्नमा पहिलो गाउँपालिका बनाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘संस्थागत भ्रष्टाचार गर्दै गरेको अवस्थामा रोशी गाउँपालिका र उपाध्यक्षले उदाहरणीय काम गरेको छ ।’ लामाले भने, ‘यो उदाहरणीय कार्य हो । यसबाट सबैले सिक्न जरुरी छ ।’

गाउँपालिका प्रवक्ता पदम बहादुर लामा आफूहरु निर्वाचित भएपछि स्वास्थ्य नै पहिलो हो भन्ने मनस्थिति लिएर अगाडि बढेको बताए । ‘३९ हजार जनसंख्या भएको गाउँपालिका र जतिखेर पनि बिमार हुन सक्ने हुनाले एम्बुलेन्सको व्यवस्था गरेका हौं ।’ उनले भने, ‘वडा नं. १ देखि ५ सम्म वडाको लागि ५ मा रहेको एम्बुलेन्सले सुविधा दिने र वडा नं. ६ देखि १२ सम्म वडाको लागि ११ मा रहेको एम्बुलेन्सले सुविधा दिने छ ।’
रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती(बतौला) रोशी ११ मा निवाएचित दलित महिला वडा सदस्य सुत्केरी हुँदा एम्बुलेन्स नभएर अरु साधानमा अस्पताल लानुपर्दा समस्य भएको र यस्ता समस्य धेरै रहेको देखिएकालेले २०७५।७६ को बजेटमा आफुले पाउने सेवा सुविधाको भत्ता एम्बुलेन्स किन्न प्रस्ताव गरेको बताईन । ‘सबै कार्यपालिका सदस्यहरुले यसलाई अनुमोदन गर्नुभयो । मैले जनताको भोटको सही सदुपयोग गर्ने उद्देश्यले मैले पाउने भत्ता टुहुरा तथा अपंगाता भएको बालबालिकालाई दिएको छु । यो आर्थिक वर्षमा पनि म दिनेछु ।’
रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरु  दाहालले गत बर्षको गाउँसभाबाट नै प्रयास गरेको र आज सफल भएको बताएका थिए । ‘सबै वडालाई समानुपातिक हुने हिसाबले ५ र ११ वडामा राख्ने हामीले निर्णय गरेका छौं ।’ प्रमुख प्रशासकीय अधिकृत दाहालले ले भने, ‘सबै खर्चहरु एम्बुलेन्स व्यवस्थापन समिति न जिम्मेवारी हुने र गाउँपालिकाले प्रति एम्बुलेन्सलाई ५ लाख अक्षयकोष स्थापना गरेको छ ।’
एम्बुलेन्स व्यवस्थापन समिति अध्यक्ष दिलदोर्जै लामा एम्बुलेन्सको सही सदुपयोग गर्ने र यदि एम्बुलेन्स चलाउन रकम नपुगेमा आफुहरुले पनि सहयोग गर्ने बताए ।
रोशी ११ का वडा अध्यक्ष मिलन लामाले रोशी गाउँपालिका विपी राजमार्गले छोएको र दुर्घटना बढी हुने र एम्बुलेन्स आवस्यक भएको बचाए । ‘अब समस्या पुर्ति हुनेछ ।’ वडा अध्यक्ष लामाले भने, ‘रोशी ११ मा रहने एम्बुलेन्सले तेमाल र सिन्धुलीको केही भागलाई समेत सेवा सुविधा दिन सक्नेछ ।’
समाजसेवी शंकरदास लामालेनेपाली राजनितीमा नैतिकता हराएर भ्रष्ट हुँदै गएकोमा रोशी गाउँपालिका र उपअध्यक्ष लक्ष्मी उप्रेती (बतौला) उदाहरणीय काम गरेकोमा प्रसंसा गरे ।
कार्यक्रममा आफूहरुको लागि एम्बुलेन्स व्यवस्था गरेको प्रति स्थानीयले खुशी व्यक्त गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।