अशोकबुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । रोशी गाउँपालिका वडा नं. १२ का वडा सदस्य विनोद कुमार मगरको असामयिक निधन भएकोले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
वडा सदस्य मगरले गाउँपालिका प्रति पुर्याएकोे योगदानलाई उच्च मूल्यांकन गर्दै सोमबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष डिवि मोक्तानले जानकारी दिए ।
वडा सदस्य मगरको ६६ वर्षको उमेरमा गत शुक्रबार हृदयघातबाट निधन भएको थियो । मगर स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा सदस्य पदमा विजयी भएका मगरले धेरै समय शिक्षण पेशामा समेत लागेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।