काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ स्थित छत्रेपाटीमा एक बृद्धा झुण्डेको अवस्थामा मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालया काभ्रेका अनुसार आज (सोमबार) विहान ७ः१५ बजेको समयमा ६० वर्षीय बुद्धबहादुर सार्की झुण्डेको अवस्थामा मृत फेला पारेको हो ।
प्रहरीका अनुसार मृतक सार्कीलाई आफ्नै घर देखी २० मिटर टाढाको दुरीमा रहेको पँयुको रुखमा डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा परेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।