नमोबुद्ध । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा क्लिन चिट लिएर फेरि जनताको माझमा आउने दावी गरेका छन् । आज (सोमबार) नमोबुद्ध घ्याङ गुठी व्यवस्थापन समिति र नमोबुद्ध विकास मञ्चको आयोजनामा भएको ल्होछार साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सांसद बमध्वजले धार्मिक ऐतिहासिक नमोबुद्धको विकासको लागि आफूले पहल गर्ने बताउँदै ल्होछारको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सांसद बमध्वजले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको बारेमा कसैले चिन्ता लिन नहुने बताएका थिए । पूर्व सभामुख कृष्णबहादुर महाराले जसरी नै बाँस्कोटाले पनि क्लिन चिट पाउनेमा सबैलाई आस्वस्त बनाए । ‘तपाईंहरु चिन्ता मान्नुपर्दैन । गोकुल बाँस्कोटा कृष्णबहादुर महरा जस्तै क्लिन चिट लिएर फेरि तपाईंको माझमा आउने छ ।’ बमध्वजले भने, ‘हामी छानविन गर्ने निकायको फैसलाको प्रतिक्षामा छौं । दोशी ठहरिए पनि हामी काँग्रेसले जस्तो आन्दोलन गर्दैनौं ।’
गोकुल बाँस्कोटाको अनुपस्थितिले यतिखेर काभ्रेमा सन्नटा छाएको उनले बताए । सँगै निवाएचित भएर आको साथी माथि यस्तो आरोप लगाएको प्रति उनले आक्रोश समेत पोखे । ‘आरोप लगाउदैमा भ्रस्टाचारी हुन सक्दैन । बिधिको शासनमा कानुनले सबै फैसला गर्नेछ ।’ सांसद बमध्वजले भने, ‘भ्रष्टाचार गरेमा कम्युनिष्ट सरकारले आफ्नैलाई पनि छाड्दै । त्यसैले आफ्नो विषयमा प्रश्न उठेपछि गोकुलजीले नैतिकताको आधारमा राजीनामा दिनुभएको हो ।’
बाँस्कोटाको राजीनामाले कम्युनिस्ट नैतिकवान हुन्छ भन्ने कुराको प्रमाणित भएको उनले बताए । ‘नैतिकता नभएकाहरु माइतीघर तिर जान्छन्, सार्वभौम सांसद अबरोध गर्छन् ।’ उनले काँग्रेसलाई इंगित गर्दै भने, ‘प्रमाणित भएछ भने पनि हामी त्यसो गर्दैनौं, जसले गल्ती गरेको छ त्यसले सजायँ व्यहोर्ने हो, सति जानुपर्दैन ।’

Comments

comments