नमोबुद्ध । काभ्रे जिल्लाको ऐतिहासिक धार्मिक भुमी, बुद्ध भुमी नमोबुद्धमा २८५६ नाम्युङ ल्होछार भव्यताका साथ मनाइएको छ । नमोबुद्ध घ्याङ गुठी व्यवस्थापन समिति र नमोबुद्ध विकास मञ्चको आयोजनामा आज (सोमबार) शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नमोबुद्धको धामिर्क तथा पर्यटकीय महत्वकोे चर्चा भएको थियो । कार्यक्रमको शुरुवातमै नेकपाका युवा नेता राकेश लामाले नमोबुद्ध ऐतिहासिक भुमि, बुद्ध भुमि, पावन भुमि रहेको चर्चा गर्दै नमोबुद्धको विकासको लागि सबैलाई सहयोगको आव्हान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सांसद बमध्वजले धार्मिक ऐतिहासिक नमोबुद्धको विकासको लागि आफूले पहल गर्ने बताउँदै ल्होछारको शुभकामना व्यक्त गरे ।

सोही क्रममा पूर्व राज्यमन्त्री तथा नेकपा वागमती प्रदेश सचिवालय सदस्य सूर्यमान दोङ (लालध्वज)ले नमोबुद्धलाई धार्मिक पर्यटनको दृष्टिकोणले कसरी अगाडी बढाउनुपर्छ आफू लागिरहने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसैगरि पूर्व राज्यमन्त्री एवं नेकपाका वागमती प्रदेश सदस्य रेशम लामाले आफू जन्मेको हुर्केको नमोबुद्धको लागि विगतमा पनि विकास निर्माणको काममा लागेको र आगामी दिनमा पनि लागिरहेने बताए ।

सभासद तथा नेकपाका वागमती प्रदेश सदस्य रामहरि सुवेदीले नमोबुद्ध क्षेत्रलाई विगतमा खानेपानीको व्यवस्था गरेको स्मरण गराउँदै अब बाटो पनि चाँडै पिच हुने प्रक्रियामा रहेकोले चाँडै सम्पन्न गराउन आफूले पहल गर्ने बताए ।

कार्यक्रममा नेकपा नेताहरु इन्द्र तामाङ, दैवलाल घिसिङ्ग, राजन भुर्तेल, नगर प्रमुख टिपी शर्मा, उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय झाँकीका साथै गायक सञ्जीव वाईबा, शशिकला मोक्तान, विशाल थिङका साथै सुवास मोक्तान, सिर्जना तामाङ, गणेश केसी, मदन विष्ट सुदिपराज रेग्मी लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । वाल गायिका स्वर्णिम ब्लोनले स्वागत गीत मार्फत सबैको स्वागत गरेकी थिइन् ।
भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















