पाँचखाल । काभ्रेको पाँचखाल नगरपलिका वडा नम्बर ८ ले मातृशिशु पोषण कार्यक्रम सुरु गरेको छ । मातृशिशुको पोषण कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई एक क्रेट अन्डा र एक किलो घिउ उपहार दिन थालेको नगरपालिकाका प्रवक्ता एवमं वडा अध्यक्ष संजय तामाङले जानकारी दिए ।
प्रवक्ता लामाका अनुसार गर्भवती महिला र शिसु भएका महिलालाई मासिक एक क्रेट अण्डा र १ देखि २ के जी घिउ बितरण गरिएको हो ।
अहिलेसम्म १४ जना गर्भवती महिलालाई अण्डा र घिउ हस्तान्तण गरिएको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा जाँच गराउन आउन थाले देखी सुनौलो हजार दिनसम्मका महिलालाई वडाले अन्डा र घिउ उपहार दिने वडा अध्यक्ष लामाले बताइ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















