हेटौंडा । हेटौडा उपमहानगरपालिका १४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ्ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ ।
२०७५ भदौ १ देखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बताए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हेटौंडाका नागरिक भने नमुना बनेका छन् ।
हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन नरहेको खबर नेपाल समाचारपत्र दैनिकमा छ । उजुरी नै दिए पनि छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरु यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरुको भनाइ छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।