दलित गिरफ्तार
सुनकोशी । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपािलकाको एक विद्यालयमा पढाउने शिक्षकलाई बलात्कार प्रयास आरोपमा अदालतले थुनामा पठाएको छ । उच्च अदालत उच्च अदालत पाटनका न्यायाधीशद्वय रामप्रसाद ओली र नातीबाबु लामिछानेको इजलाशले चासुनादेवी आधारभूत विद्यालयका शिक्षक राजु कुँवरलाई थुनामा पठाउने आदेश गरेको हो ।
आफ्नै विद्यालयको एक विद्यार्थीलाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा जिल्ला अदालत सिन्धुपाल्चोकमा विचाराधीन एक मुद्दामा उच्चले यस्तो आदेश गरेको थियो ।
सुनकोशी गाउँपालिकामा रहेको उक्त विद्यालयमा शिक्षक कुँवरले कक्षा कोठामा पनि पटक पटक यौन दुर्व्यवहार गर्ने गरेको र एक पटक बलात्कारको प्रयास गरेको भन्दै एक विद्यार्थीले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्दै जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।
उक्त मुद्दामा सुनुवाई गर्दै जिल्लाले असोज २९ गते धरौटी माग गर्ने आदेश गरेको थियो। जिल्ला अदालतले मागेको धरौटी बुझाएर उनी रिहा भएपछि सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गरेको थियो।
उक्त निवेदनमा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वयले धरौटीमा छोड्ने निर्णय बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।