काठमाडौं । बागमती प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले अब तलबको सट्टामा भत्ता पाउने भएको छ । वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको बाग्मती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलेले बताएका छन् ।
वागमती प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय मन्त्री परिषद्ले गरेको प्रवक्ता ढुंगेलले जानकारी दिए । ‘बाग्मती प्रदेशकास्थानीय तहका पदाधिकारीले तलबको सट्टा भत्ता पाउने गरेर सुविधालाई संशोधन गर्ने निर्णय गरेको छ ।’ ढुंगेलले भने ‘आजको प्रदेशसभा बैठकले प्रदेश विशेष अनुदानका योजना स्वीकृत र हात्तीसार कार्यालय हस्तान्तरण गर्ने निर्णय गरेको छ ।’
प्रदेशले यसअघि निर्माण गरेको ऐनका कारण स्थानीय तहका पदाधिकारीलाई तलब सुविधा वितरण गर्न समस्या भएपछि सो ऐन संशोधन गर्न लागिएको उनले बताए ।
ऐन संशोधनपछि जनप्रतिनिधिले अदालतको फैसलामार्फत रोकिएको सुविधा प्राप्त गर्ने बाटो खुल्ने जनाइएको छ । बागमती प्रदेशले जनप्रतिनिधिलाई मासिक तलबका रुपमा सेवा सुविधा उपलब्ध गराउने ऐन निर्माण गरेको थियो । सो ऐनलाई संशोधन गरेर भत्ताका रुपमा मात्र सुविधा दिने निर्णय गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















