चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ६, दारिमबोटमा एक भिरबाट लडी एक बृद्धको मृृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार बिक्रम थापाका अनुसार मृत्यु हुनेमा वर्ष ७० का पूर्णबहादुर ठकुरी रहेका छन् ।
आज (मंगलबार) विहान ११ बजेको समयमा घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको भिरबाट लडि ठकुरीको मृत्यु भएको डिएसपी थापाले जनाकारी दिए । थापाका अनुसार मृतक ठकुरी सोही वडाको दारिमबोट बस्ने जनक बहादुर गिरीको घरमा बस्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय, कात्तीकेदेउरालीबाट प्रहरी निरीक्षक समेतको टोली घटनास्थल पुगी लाश जाँच प्रकृती मुचुल्का कार्य सम्पन्न गरी पोष्ट मार्टमको लागी बनेपामा रहेको शिरमेमोरीयल अस्पताल बनेपा ल्याईए प्रहरीले जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















