धुलिखेल । धुलिखेल नगरपालिकाका उप–प्रमुख विमला शर्माले अहिले मानव बेचविखन तथा ओसारपसारको रुप फेरिएको बताएकी छिन् । मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सरोकारवाला ब्यक्तिबीच मंगलबार भएको अन्तरकृया कार्यक्रममा उपप्रमुख शर्माले उक्त कुरा बताएकी हुन् ।
नगरपालिकाको सभाहलमा भएका कार्यक्रममा प्रहरी, विभिन्न वडाका वडाध्यक्ष, मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध काम गरिहेका नागरिक समाजका प्रतिनिधि सहभागी थिए ।
‘मानब बेचबिखन तथा ओसारपसारको कार्य रोक्न सबैको साथ अपरिहार्य रहेको छ ।’ उपप्रमुख शर्माले भनिन्, ‘मानव बेचविखन तथा ओसारपसारको रुप फेरिएको भन्दै सचेत रहन म आग्रह गर्दछु ।’
छलफलमा अधिवक्ता गणेश दाहालले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कानूनी ब्यवस्थाकाबारे जानकारी गराएका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय धुलिखेलले जिल्लामा मानव बेचबिखनको अवस्था र रोकथामका उपायकाबारे सरोकारवालाहरुलाई जानकारी गराएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना लगायतले पनि मानव बेचबिखन तथा ओसार पसारका विभिन्न आयामका बारे धारणा राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















