काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पनि मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनभर नै रहनेछ ।
महाशाखाका अनुसार आज देशको पूर्वी भू(भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू(भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
भोली विहिबारदेखि भने मौसम क्रमिक रुपमा खुल्ने महाशाखाले जनाएको छ ।

Comments

comments