काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. २, ढुंखर्कमा विद्युत महसुल काउन्टर सञ्चालन गरेको छ । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले संञ्चालनमा ल्याएको उक्त काउन्टरको बुधबार एक कार्यक्रमको आयोजना उद्घाटन गरिएको हो ।
काउन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरण बाग्मती प्रदेशका प्रमुख अनिरुद्र प्रसाद यादवले गरेका थिए ।
सो अवसमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र र बेथानचोक गाउँपालिकाबीच विद्युत सेवा विस्तार, चुहावट नियन्त्रण लगायतका विषयमा संझौता भएको छ ।
संझौतामा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर रञ्जनराज गुरुङद्वारा हस्ताक्षर गरेका छन् । गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्ने, अति विपन्न परिवार तथा साँस्कृतिक सम्पदाहरुमा निःशुल्क मिटर जडानका लागि गाउँपालिकाले विवरण उपलब्ध गराउने आदि सम्झौता पत्रमा उल्लेख छ ।
त्यसैगरि विद्युत चुहावट नियन्त्रणका लागि गाउँपालिकाले प्राधिकरणलाई सहयोग पु¥याउने, नियमित महसुल तिर्ने बानी बसाल्न उपभोक्ताहरुलाई सचेत गराउने, समयमा विद्युत शुल्क तथा जरिवानासमेत नतिर्ने उपभोक्ताहरुलाई गाउँपालिकाको सेवा सुविधा रोक्का गर्नेसम्मका सम्झौता गरिएको छ ।
विद्युत कर्मचारीहरुलाई गाउँपालिकाको सम्मान
यसैबीच बेथानचोक गाउँपालिकाले विद्युतीकरणमा विशेष भूमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर रञ्जनराज गुरुङ, केन्द्र अन्तर्गतको ढुंखर्क नो लाइटका इन्चार्ज सुनिल चौधरी र कर्मचारीहरु बुद्ध तामाङ र दशरथ तिमिल्सिनालाई सम्मान गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।