हेटौंडा । एसिड प्रकरणका अभियुक्त भारतीय नागरिक दिलिपराज केशरीलाई ८ बर्ष जेल सजाय फैसला भएको छ ।
हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने केशरीलाई आज जिल्ला अदालत मकवानपुरले ८ बर्ष कैद र १ लाख रुपैंया जरिवाना फैसला गरेको हो ।
जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योग अन्तरगत केशरीको मुद्धा फैसला गरेको हो । त्यस्तै, मतियारको रुपमा रहेको सञ्जयकुमार मण्डललाई २ बर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैलसा गरेको हो ।
त्यस्तै अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको तहसिलदार तुल्सी लामिछानेले जानकारी दिनुभयो ।
यस्तै अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ।
केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महल ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको हो ।
केशरीले २०७० सालमा हेटौंडा बजारमा आफ्नै घरको पसलमा रहेकी हेटौडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए।
कंसाकारको अनुहारमा एसिड छ्यापेर भागेका केशरीलाई ६ वर्षपछि बारा प्रहरी कार्यालयले गत कार्तिक १४ पक्राउ गरिएको थियो । त्यसको एक साता पछि सहयोगी मण्डललाई हेटौडाबाटै पक्राउ गरेको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।