काभ्रे । नेकपा निकट निर्माण मजदुरहरुको संगठन अखिल नेपाल निर्माण मजदुर संघ, काभ्रेको प्रथम बैठक सम्पन्न भएको छ । संघको बैठक अध्यक्ष देब लामाको अध्यक्षतामा विहिबार सम्पन्न भएको हो ।
बैठकमा काभ्रेमा कार्यरत निर्माण मजदुरहरुको अजस्था, समस्या र समाधानको विषयमा घनिभूत छलफल भएको अध्यक्ष लामाले तेमाल अनलाईनलाई जानकारी दिए । जिल्लाको सबै स्थानीय तहमा निर्माण मजदुरहरुको पक्षमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको लामाले बताए ।
‘काभ्रे जिल्लामा रहेका इट्टभट्ट, क्रसर, उद्योग कलकारखाना, बिकास निर्माणका कार्यहरुमा रहेका मजदुरहरुको स्थिति निरीक्षण तथा अनुगमन गर्ने बैठकले निर्णय गरेको छ ।’ उनले भने, ‘मजदुरको हक अधिकार, भेदभाबपूर्ण नियम कानुनको खारेज, सुधारको बिषयलाई लिएर काभ्रे जिल्लामा रहेका ६ वटा गाउँपालिका र ७ वटा नगरपालिकामा बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको छ ।’
बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रे जिल्ला ईन्चार्ज होम बहादुर खुलाल, निर्माण मजदुर संघका जिल्ला इन्चार्ज बृहत भुजेलको सहभागीता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।