काभ्रे । वेथाञ्चोक गाउँपालिका वडा नं. १ कालाङ्सिको माथिल्लो भेग रानीखरक आसपासका जंगलका रूख्हरु हिजोआज मासिन थलेको छ ।
लालिगुराँस, अङेरी, झिगानु लगायतका बोटबिरुवाले भरिएको सो जङ्गल आजभोलि दिन प्रतिदिन रूखहरु काटिन थालेपछि जङ्गल्र उजाड एवं कुरुप हुँदै गएको छ । श्रोतका अनुसार रानीखरक क्षेत्रमा करिब ५ सय रुखहरु तत्काललै काटिएको छ ।

वन फडानी गरेर स्थानीय खुवा कम्पनीहरुलाई बेच्ने गरेको स्थानीय बताउँछन् । ‘लालिगुराँस, अङेरी एवं झिगानुका दाउरा च्याम्राङ्बेसी आसपासमा रहेका खुवा कम्पनीहरुमा प्रति टिप १० हजारका दरले बिक्री हुने गरेको पाइएको छ ।’ –स्थानियहरु बताउँछन् ।
हाल बजारमा आएको ‘चेन सो’ भनिने पेट्रोलबाट चलाउन सकिने हाते मेसिनको प्रयोग हुन थालेपछि जङ्गल क्षेत्र दिनहुँ जसो अत्याधिकरुपमा मासिन थालेको छ ।

यसरी आफ्नो आँखै अगाडि यसरी जङल मासिदै गर्दा समेत सम्बन्धित निकाय वडा कार्यालय, गाउँ पालिकाको कर्यालय एवं जिल्ला वन कार्यालयले नदेख्नु दुःखत कुरा भएको स्थानीय बताउँछन् ।
‘सरोकारवाला निकायहरु कानमा तेल हालेर बस्ने हो भने भोलिका दिनहरुमा पर्ने असरका बारेमा कस्ले सोच्ने ?’ स्थानीयको प्रश्न छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















