काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन को विभिन्न विभागमा काभ्रेबाट २५ जना परेका छन् । पार्टीको शुक्रबार सम्पन्न चौथो पूर्ण बैठकले गठन गरेको ३० विभागमा काभ्रेबाट २५ जना परेका हुन् ।
तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको बैठकमा विभागको पूर्णताबारे सचिव आनन्द पोखरेलद्वारा प्रस्तुत जिम्मेवारी विभाजन सर्वसम्मतबाट पारित भएको हो ।
विभागमा को–को परे काभ्रेबाट ?
संगठन विभागमा जिल्ला अध्यक्ष रुकु चौंलागाई र टोकबहादुर वाईबा, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा विदुर सापकोटा, जलस्रोत, सिंचार्य तथा उर्जा विभाग प्रमुखमा सूर्यमान दोङ –लालध्वज), अर्थ तथा योजना विभाग सदस्यमा सरोज कुईंकेल, न्याय, कानून विभाग सदस्यमा खुवनाथ दुलाल, पर्यटन प्रवद्र्धन विभाग सदस्यमा कमल नेपाल र खड्गराज पन्त रहेका छन् ।
त्यसैगरि प्रचार तथा प्रकाशन विभाग सदस्यमा ग्याम्जो लामा, पार्टी स्कुल विभाग सदस्यमा हरि तिमल्सिना, भौतिक पूर्वाधार विभा सदस्यमा हेम चौंलागाईं, राजकीय मामिला तथा सुशासन विभाग सदस्यमा रमेश हुमागाईं, वन तथा वातावरण विभाग सदस्यमा तेज केसी, शिक्षा तथा मानव स्रोत विभाग सदस्यमा मोहन भुजेल, प्रदेश संसदीय विभाग सदस्यमा चन्द्र लामा र गोमा भुर्तेल, महिला विभाग सदस्यमा देवकी खनाल, सहकारी तथा गरिबी निवारण विभाग सदस्यमा उद्धव सापकोटा, साहित्य, कला तथा सँस्कृति विभाग सदस्यमा नवराज कोइराला, स्थानीय तह विभाग उपप्रमुखमा इन्द्रबहादुर थिङ (छिन्ताङ), स्वास्थ्य तथा जनसंख्या विभाग उपप्रमुखमा कान्छामान तामाङ (रक्तिम), निर्वाचन विभाग सदस्य मानवीर लामा, कृषि तथा भूमिसुधार सदस्य पञ्चलाल घिसिङ, खानेपानी तथा सरसफाई विभाग सदस्य गोपाल पोखरेल रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।