सुकुटे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन्। प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।
प्रचण्डले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले फागुन २१ गते एमसीसी ९मिलिनियम च्यालेन्ज कर्पोरेसन० सम्बन्धी प्रतिवेदन बुझाउने समेत जानकारी दिए। एमसीसी सम्झौता संशोधनसहित पारित गराउने सकिने उनको भनाईँ छ। श्रीलंकाले एमसीसी सम्झौता अस्वीकार गरेको उदाहरण दिँदै उनले ५५ अर्व रुपैयाँको निम्ति गलत गलत ढंगले राष्ट्रले सम्झौता नगर्ने बताए। ‘तर एमसीसी पारितै हुन सक्दैन भन्ने हुँदैन,’ प्रचण्डले भने।

भिडियो हेर्नुहोस्ः

उनले संविधान संशोधन पार्टीको नभएर उपाध्यक्ष बामदेव गौतमको चाहना भएको बताए। प्रचण्डले भने, ‘संविधान संशोधन गरेर राष्ट्रियसभामा जाने उहाँ ९गौतम० को चाहाना हो।’ तर संविधान संसोधन गर्दा नकरात्मक सन्देश जाने भएकाले गौतम राष्ट्रियसभामा जान तयार भएको अध्यक्ष दाहालले स्पष्ट पारे।
लामो राजनीतिक अनुभव भएकाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयले गरेको जिकिर गर्दै उनले भने, ‘राष्ट्रियसभामा जान संशोधन शर्त बनाउनु भएन भन्ने पार्टीको आग्रहलाई गौतमले मान्नु भयो। बामदेव र नारायणकाजी जस्ता नेताहरु संसदमा पुग्दा संस्थाको इज्जजत नै बढ्छ।’
बैचारिक विवाद उत्पन्न हुँदैमा पार्टीमा संकट र विभाजन सम्भव नहुने दाबी उनको दाबी छ। दुई मत र विचार भने रहेको भन्दै उनले पार्टी एक ढिक्का र एउटै मात्र रहेको बताए। ‘महाधिवेशनमा जुटिसकेका छौँ भने पार्टी विभाजन असम्भव कुरा हो।’ सेक्युरिटी प्रेस खरिद सम्वन्धी ७० करोड काण्डबारे सरकारका सम्वद्ध निकायले छानविन थालिसकेको दाहालको भनाईँ थियो। ‘सत्य के हो बाहिर आउनु पर्छ। गलत भेटिए कार्वाही पनि हुनुपर्छ,’ उनले भने।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।