काभ्रे । ‘काभ्रे गोल्डकप २०७६’ (दोस्रो संस्करण) फुटवल प्रतियोतिा आगामी चैत्र १३ गतेदेखि २३ गतेसम्म हुने भएको छ । शनिवार पत्रकार सम्मेलन सम्मेलन गर्दै काभ्रे जिल्ला फुटबल संघले उक्त कुराको जानकारी गराएको हो ।
काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनसहित १० वटा क्लब सहभागि हुने छन् । ‘काभ्रे जिल्ला फुटबल संघ, दोलखा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ समेत गरी १० वटा टिम सहभागि हुनेछ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘फुटबलको माध्यमबाट जिल्लाको प्रचार प्रसार एवं प्रर्वद्धन गर्दै जिल्लाबाट उत्कृष्ट खेलाडीहरुको पहिचान गरी राष्ट्रिय स्तरका खेलाडीहरु तयार गर्ने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाको सहकार्यमा प्रतियोगिता आयोजना गरिएका हौं ।’
भिडियो हेर्नुहोस्ः
प्रतियोगिताको लागि काभ्रेका स्थानीय तहहरु धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिकासँगै रोशी, भुम्लु, तेमाल, बेथानचोक, महाभारत, खानिखोला, चौरीदेउराली गाँउपालिकाले सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रतियोगिताको निरन्तरताका लागि संघले प्रायोजकहरुको खोजी गर्न तथा खेलाडीहरु उत्पादनमा ध्यान दिन अनुरोध गरेका थिए ।
प्रतियोगितामा विजयी हुने टिमले नगद ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोश्रो हुनेलाई ३ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगितामा सम्पन्न गर्न खेला मैदान पूर्वाधार निर्माण, खेल सामाग्री लगायतमा करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको काभ्रे गोल्डकपका मुख्य संयोजक अमित खोजु श्रेष्ठले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















