अशोक बुद्ध लामा
बनेपा । काभ्रे जिल्लाको धुलिखेलमा वागमती प्रदेशको राजधानी बनाउन नसकेको भन्दै विवेकशील नेपाली दलले क्षमा मागेको छ । आज (शनिबार) बनेपामा पार्टीका बाग्मती प्रदेशको संसदहरुसँग अन्तरक्रिया तथा चियापान कार्यक्रममा उक्त पार्टीले क्षमा मागेको हो ।
कार्यक्रममा पार्टी संसदीय दलका नेता बाग्मती प्रदेश सदस्य सांसद रमेश पौडेलले काभ्रे राजधानी बनाउन आफुले सक्दो प्रयास गरेको तर साथ नपाएकोमा दुःख व्यक्त गरे । ‘मैले काभ्रे राजधानी बनाउनसक्दो प्रयास गरें तर साथ पाएन । दुःख लागेको छ । म जनतासँग क्षमा माग्न चाहन्छु ।’ सांसद पौडेलले भने, ‘विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार, हितकारी राज्य हाम्रो पार्टीको एजेन्डा हो ।’
त्यसैगरि बाग्मती प्रदेश सदस्य बिराजभक्त श्रेष्ठले अन्य पार्टीकोले पनि विवेकशील दलको बाटो अपनाएको र विवेकशील दलले आलोचनाको राजनीति नभएर सम्भावनाको राजनीति गरेको बताए ।
विवेकशील दलको अभियानहरु संचालन हँुदै भएको केन्द्रीय सदस्य कर्म लामा तामाङले बताए ।
नेपालमै पहिलोपटक उद्यमशील समाज निर्माणको लागि कार्य गरेको र अन्य पार्टीले समेत पछ्याएको पार्टीका उपाध्यक्ष अतिशा राइले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।