कास्की । सोनाम ल्होछार सकिए पनि कास्कीको पोखरामा भने बृहत साँस्कृतिक कार्यक्रमका साथ शनिबार बनाएका छन् । म्हेन्दोमाया समाज कास्कीको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन पुर्व कानुन तथा राज्य मन्त्री दिलमान तामाङले गरेका थिए । साथमा विशेष अतिथिको रुपमा पुर्व सँस्कृति तथा पर्यटन मन्त्री परशुराम तामाङको पनि सहभागीता रहेका थिए । कार्यक्रम मेक बहादुर तामाङको सभापत्तित्वमा सम्पन्न भएको थियो ।
ल्होछार साँस्कृतिक कार्यक्रमलाई संगीतकार तथा बरिस्ठ गायक यु.बि मङ्ग्रेस, सेलो तथा म्हेन्दो माया गयिका बबिता पाख्रिन, म्हेन्दो माया गायिका टीका माया चोथेन, निर्देशक तथा म्हेन्दो माया गायक दिल कुमार पंगचोथेन, म्हेन्दो माया गायक राम गोम्जा, मिस तामाङ पोखरा दिप्ती गोम्जा, पत्रकार तथा मोडेल डोल्मा मनङ्थेन, म्हेन्दो माया गायक जोङ्बा कान्छा लगायत ले विभिन्न तामाङ सेलो तथा म्हेन्दो माया गीतको प्रस्तुति दिएको थिए भने उपस्थित सबै दर्शक हरुले झुमेर नाचेका थिए ।
त्यसैगरि कमिडियन तथा गायक मर्नेन वाईवा, मोडेल शन्ती तामाङ, मोडेल सीता पङ्चोथेन तामाङ, मोडेल माया थोकर तामाङ र मोडेल सुरज गोम्जाको प्रस्तुतिले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाईएको थियो भने कार्यक्रम रावत तामाङले निकै रोचक तरिकाले संचालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण महानुभाब हरुलाई, समाजसेवी, मिडीयाकर्मि लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण प्रायोजकहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रमका संयोजक तथा सभापत्ति मेक बहादुर तामाङले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।