काठमाडौं । काठमाडौं उपत्यकाभित्र गएको २४ घण्टामा १ हजार ९ सय ८३ जना चालक कारबाहीमा परेका छन्।
फुटपाथमा पार्किङ गर्ने १ सय ८०, मादक पदार्थ सेवन गरी चलाउने १ सय २२, अनावश्यक हर्न प्रयोग गर्ने ५७, जेब्रक्रसमा रोक्ने ३ र लेन मिचेर चलाउने ३१ जना लगायतमाथि कारबाही भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।
यही अवधिमा उपत्यकाभित्र ३० वटा सवारीसाधन दुर्घटना हुँदा १ जना गम्भीर र २० जना सामान्य घाइते भएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















