तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा एक महिने व्यूटी पार्लरतालिम शुरु भएको भएको छ । तेमाल गाउँपालिकाको सहयोगमा आइतबारदेखि गाउँपालिका केन्द्र नारायणस्थानमा तालिम शुरु भएको हो ।
तालिमको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गा माया तामाङले उद्घाटन गरेका थिए । पालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा विभिन्न वडाका २० जना महिला सहभागी रहेका छन् ।

सीप मार्फत महिलालाई उद्यमी बनाउने उद्देश्यले गाउँपालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिए । ‘गाउँपालिका सबै जनालाई सीप युक्त बनाउने योजनामा छ, सीप सिकाउने मात्रै होइन्, सीप सिकेपछि उत्पादन भएको वस्तुहरुलाई बजार पुर्याउने छ ।’ अध्यक्ष तामाङले भने, ‘महिलाहरुलाई आयअर्जनमा लगाउन सके स्वावलम्बन हुने मात्र होइन, स्वरोजगारको सिर्जना हुनेछ ।’
उपाध्यक्ष दुर्गा माया तामाङले महिलाहरु सक्षम भए घर परिवार नै सक्षम हुने बताउँदै सीपले मानिसलाई क्षमतावान बनाउने बताइन् ।
‘के गर्दा महिलाहरुको समय सापेक्षित रुपमा सक्षम हुन्छ भन्ने विषयमा पालिका गम्भिर भएर लागिरहेको छ ।’ उनले भनिन् ‘तपाईहरुको सरकार हो, तपाईहरुले गर्न चाहेको काम, योजना लिएर पालिकामा आउनुहोस्, हामी हात्तेमालो गर्न तयार छौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।