काठमाडौं । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।
बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो।
“नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्”, ठमेलका समाजसेवी अर्जुन पुरी भन्नुहुन्छ, “‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ”
नेपाल प्रहरीले नागरिकको मन जित्न ‘प्रहरी मेरो साथी’,
‘मुस्कानसहितको प्रहरी’ र ‘जिब्रोको गरिमा मीठो बोलीमा’ नारा लगाउँदै आएको छ। यी नारा प्रभावकारी नभएपछि गत वर्षबाट गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी अभियान नै सञ्चालनमा आएको छ।
यो अभियानले प्रहरी कर्मचारीलाई मात्र नभई प्रत्येक नागरिकलाई शान्तिसुरक्षा र अपराध नियन्त्रणमा जिम्मेवार बनाउनुका साथै प्रहरीसँग सहकार्य गर्न प्रोत्साहन दिँदै आएको छ। पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ‘प्रहरी मेरो साथी’ यही अभियानको महŒवपूर्ण नारा भएको बताउनुहुन्छ।
तर, दुर्भाग्य १ यो नारालाई मुलुकको केन्द्रीय राजधानी काठमाडौँमा कार्यरत प्रहरीका उच्च अधिकृतहरूले नै व्यवहारमा उतार्न सकेनन्। यसअघि समाचार सङ्कलनका क्रममा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेका एक पत्रकारमाथि यस्तै दुव्र्यवहार गरिएको थियो। पूर्वमहानिरीक्षक खनालले भन्नुभयो, “समुदाय–प्रहरी साझेदारी कार्यक्रमको लक्ष्य समाजमा लुकेर बसेका अपराध बाहिर ल्याउन तथा अपराध हुन नदिन नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर र विश्वसनीय बनाउनु नै हो। यसमा प्रहरीको आचरण र बोली व्यवहारले महŒवपूर्ण अर्थ राख्छध्र” उहाँका अनुसार बल प्रयोग गर्ने क्रममा हुन सक्ने मानव अधिकार उल्लङ्घन तथा अन्य क्षति रोक्न माइकिङ गरी तर्साउनेदेखि पानीको फोहोरा हान्ने, लाठी चार्ज गर्ने र नियन्त्रणभन्दा बाहिर गएको अवस्थामा ‘हवाई फायर’ गरी भीड तितरबितर गर्नु प्रहरीको सुरक्षा रणनीति नै होध्र
रूखो बोली व्यक्तिगत कमजोरी
आवेशमा आएर जथाभावी गालीगलौज, अन्धाधुन्द लाठी प्रहार, नियन्त्रणमा लिई कुटपिट गर्ने कार्य प्रहरीको जिम्मेवारीभित्र नपर्ने उहाँ बताउनुहुन्छ। यो नितान्त व्यक्तिगत कमजोरी हो। कतिपय प्रहरी अधिकारीमा सर्वसाधारणलाई सम्बोधन गर्ने सुरक्षा रणनीति ९कला० नहुँदा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन्।
नेपाल प्रहरीको आधारभूत तालिम (प्रशिक्षण)मा ‘जसले तालिममा पसिना बगाउँछ, उसले कर्तव्य पालनका क्रममा रगत जोगाउँछ’ सन्देश उल्लेख गरिएको हुन्छ। तालिममा पसिना बगाउन नसक्ने र पेसागत रूपमा इमानदार नभएका प्रहरी कर्मचारीबाट यस्ता गल्ती हुने गरेको स्वयं प्रहरी अधिकारीहरू बताउँछन्।
त्यस्तै प्रहरी कर्मचारी बर्दीको नागरिक हो भने आमनागरिक बर्दीबिनाको प्रहरी हो भन्ने सन्देशले पनि प्रहरी र नागरिकबीचको सम्बन्ध स्पष्ट पारेको छ। प्रहरी जवानको तुलनामा जिम्मेवार व्यक्ति तथा इन्चार्ज ९कार्यालय प्रमुख०को बोली व्यवहार रूखो, टर्रो र क्षुद्र हुने गरेको आरोप सर्वसाधारणको छ। नेपाल प्रहरीसम्बन्धी ऐन कानुनले प्रहरीको बोली व्यवहार, आचरण र स्वभाव नागरिक सेवामैत्री हुनुपर्ने स्पष्ट पारेको छ। कानुन व्यवसायी विक्रम कुँवर प्रहरी कर्मचारीले आन्तरिक पीडा तथा कमीकमजोरी आमनागरिकमाथि पोख्ने गरेको आरोप लगाउनुहुन्छ।
तथानाम गाली र धम्की
नेपाल प्रहरी सङ्गठनभित्र माथिल्लो तहको हाकिम (अधिकृत)ले तल्लो तहका कर्मचारीलाई ‘मा’ कल्पेर गाली गर्ने गरेको पाइएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















