भक्तपुर । नेपाली टेलि सिरियल नम्बरीको २५ औं भाग रजत महोत्सव तथा वृहत् साँस्कृतिक कार्यक्रम सहित हुने भएको छ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा फागुन २४ गते शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा हुने कार्यक्रम समाजका विभिन्न व्यक्तित्वहरु सम्मान गर्ने निर्माण पक्षले जानकारी दिएको छन् ।

कालीदेवी मिडिया हाउसको प्रस्तुति टेलि सिरियल नम्बरी निर्माता सञ्चकुमारीले निर्माण गरेको सिरियललाई नायक बिनायक तामाङद्दारा निर्देशित गरेका हुन्।

उक्त २५औं भाग रजत महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम तथा रुपेन मोक्तानको “उपहार सम्झी”भन्ने गीतको म्युजिक भिडियो पनि सार्वजनिक गर्ने अायोजकले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।