काभ्रे । चौंरीदेउराली गाउँपालिका वडा नं. ४ छेडा स्थित भित्री कच्ची सडक खण्डमा बस दुर्घट्नामा परेको छ । रामेछाप जिल्लको गुँरासे भन्ने स्थानबाट काठमाण्डौ तर्फ यात्रुहरु लिई आउदै गरेको बा.४.ख ७१०२ नं.को बस आज विहान १० बजे दुर्घट्ना भएको हो । दुर्घट्नामा परि ४० जना यात्रुहरु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार उक्त वसले बिपरित दिशाबाट आउदै गरेको गाडीलाई साईड दिनको लागि व्याक गर्ने क्रममा सडक खण्डबाट अन्दजी १८ मिटर तल खसी दुर्घटना भएको थियो ।
दुर्घट्ना पश्चात स्थानियबासी र ईलाका प्रहरी कार्यालय कात्तिकेदेउराली र प्रहरी चौकी ढाँडखर्कबाट खटिगएको प्रहरी अधिकृत सहितको टोलीले घट्नास्थलबाट उद्दार गरेका थिए ।
डिएसपी थापाका अनुसार हाल ३८ जना यात्रुहरुको धुलिखेल अस्पताल धुलिखेल, १ जना नर्भिक अस्पताल थापाथली र १ जना ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको छ ।
घाइतेहरुको विवरण यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।