तेमाल । प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर दोङले अबको एक महिना भित्रमा तेमालको याङबेल डाँडामा निर्माण भएको तिमाल बृहत खानेपानीको मुख्य ट्यांकीमा खानेपानी आउने बताएका छन् । तिमाल सामुदायिक बिद्युतिकरण सहकारी संस्थाको १२ औं साधारण सभा तथा चौंधौं वार्षिकोत्सव कार्यक्रमलाई आज (बुधबार) नारायणस्थानमा सम्बोधन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका सांसद बमध्वजले उक्त ट्यांकीमा ८ लाख लिटर पानी एक महिना भित्रमा आईपुग्ने दावी गरेका थिए । सांसद बमध्वजले यो आर्थिक वर्ष भित्रै सकिने गरि तेमाल भेगका काठका पोलहरु विस्थापित गरि फलामे पोल राख्ने पनि बताए ।
विशेष गरि हालको लागि तेमालमा ३ वटा मुख्य योजना रहेको र उक्त योजनाहरु द्रुत गतिमा कार्यन्वयन भइरहेको स्पष्ट पारे ।
‘तेमालमा हामीले ३ वट कुरालाई मुख्य योजनाको रुपमा अगाडि सारेका छौं । स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनको क्रममा हामीले जनतासँग तत्कालीन योजनाको रुपमा ३ वटा योजनालाई केन्द्रमा राखेका थियौं ।’ बमध्वजले भने, ‘पहिलो कुरा यहाँको विद्युटको काठको पोलहरु विस्थापित गर्ने, प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने र भकुण्डेदेखि मेच्छेपौवा हुँदै माम्तीसम्मको सडक पिच गर्ने ।’
ती तीन योजना चाँडै नै सम्पन्न हुने उनले बताए । कार्यक्रममा सांसद बमध्वजले तेमालमा विजुली बाल्ने आफ्नो पार्टी र आफूले खेलेको भूमिकाको पनि स्मरण गरे ।
भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।