तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा रहेको तिमाल सामुदायिक विद्युतिकरण सहरकारी संस्था लिमिटेडको १२ औं साधारण सभा तथा चौधौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुधबार तेमालको नारायणस्थानमा एक कार्यक्रमका बीच संस्थाको उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन प्रतिनिसभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज) र वागमती प्रदेश सांसद रत्न ढकालले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद बमध्वजले उज्यालो तेमाल निर्माणको लागि आफूले युद्ध मैदानबाटै नेतृत्व गरेको स्मरण गरेका थिए । सहकारीले चाँडै नै यतिधेरै प्रगति गरेको भन्दै अब सहकारी मार्फत नै सबै कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सांसद बमध्वजले अब तेमालका सबै काठका पोल फलामको पोलमा परिणत हुने बताए । यस अघि काठको पोल विस्थापित गर्न उनले १ करोड १९ लाख बजेट विनियोजन गरेका थिए ।
त्यसैगरि वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले प्रदेश सरकार र आफू सहकारीसँग हातेमलो गर्दै अघि बढ्ने बताए ।
सहकारीको बार्षिक प्रगति प्रतिवदेन संस्थाका अध्यक्ष सार्कीमान तामाङले गरेका थिए ।

यसरी स्थापना भएको थियो सहकारी
२०६२ साल फागुण २१ गतेका दिन यस संस्थाको विधिबत रुपमा स्थापना भएको थियो ।
काभ्रे जिल्लाको तत्कालको तेमाल क्षेत्रको ७ वटा गाविसहरु, हालको तेमाल गाउँपालिकाको सबै वडाहरुलाई समेटेर यस संस्थाको स्थापना भएको संस्थाका अध्यक्ष सार्कीमान तामाङले बताए । ‘जनतालाई घरघरमा विद्युतको पहँच पुर्याउने, विद्युतिकरण पश्चात हुन सकिने विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सूचना सञ्चारको साथै विद्युतमा आधारित उद्यम व्यवसाय सञ्चालनमा ल्याई समुदायको आर्थिक तथा सामाजिक स्तर बृद्धि गर्न सहयोग पुर्याउने उदेश्य राखी आजकै दिनमा यो संस्थाको स्थापना भएको थियो ।’ अध्यक्ष तामाङले बताए ।
२०६३ साल पौष १९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युतिकरण तथा ग्राहक सेवा सञ्चालन संझौता गरी तेमाल क्षेत्रको सबै बस्तीहरुमा सामुदायिक ग्रामिण विद्युतिकरण कार्यक्रम अन्तर्गत २०६५ साल जेष्ठ १५ गतेबाट तेमालको सस्र्युंखर्क देखि विजुली बत्ति बाल्न शुरु गरि २०७० साल जेष्ठ १२ गते तेमाल क्षेत्रका सम्पूर्ण घर परिवारमा विद्युतको पहुँच पुर्याउने काम सम्पन्न भएको थियो ।
शेयर सदस्य तथा शेयर पूँजी
तामाङका अनुसार यस संस्थाको ग्राहक संख्या ५ हजार ६ सय ६३ रहेको छ भने यस मध्यमा ८४ ग्राहक व्यवसायिक तथा औद्योगिक रहेका छन् भने संस्थाको कुल शेयर सदस्य ४ हजार ८ सय १९ रहेको छ । ‘शेयर पूँजी १ करोड ७० लाख ७ हजार १४ रुपैयाँ रहेको छ ।’ संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष तामाङले भने ।
विद्युतका कारण उद्यमशीलता तिर ग्राहक
विद्युत सेवा सञ्चालन भएपछि तेमाल क्षेत्रका विद्युत उपभोक्ताहरु प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी भएका छन् । हिजो टुकी बत्तिको सहारामा रहेका तेमाली जनताले आफू उद्यमशिलता बनेको महासुस गरेको पाईन्छ । विद्युत पुगेपछि विद्यालयहरुमा कम्प्युटर शिक्षा, दुग्ध चिसान केन्द्र, कुटानी पिसनी मिलहरु, कुखुरा पालन, बाख्रा पालन, शिलाई बुनाई, ग्रिल उद्योगहरु, फर्निचर उद्योगहरु, लिफ्टीङ र डिबोरीङद्वारा खानेपानी तथा सिंचाईको व्यवस्था, टेलिकम ग्राहरुहरु जस्ता सयौं उद्यमशील व्यवसायीहरु सञ्चालनमा आएको अध्यक्ष तामाङले जानकारी दिए ।
पोल तथा ट्रान्सफरमरमा बृद्धि
तेमालको विद्युत आपूर्ति अब थप बजबुत हुँदै गएको छ । यस वर्ष नै विभिन्न स्थानमा ट्रान्सफरमर र काठको पोलहरु स्थापित हुनेछ । ‘विद्युत आपुर्तिको मागलाई ध्यानमा राख्दै हाल रहेको ५० केभिएको १२ स्थानको ट्रान्सफरमरहरुलाई १०० केभिएमा बृद्धि गर्ने, अन्य १० स्थानहरुमा नयाँ ट्रान्सफरमर थप गर्न र ४ सय ६९ वटा फलामको पोल र तारको व्यवस्था हुँदैछ ।’ अध्यक्ष तामाङले भने, ‘यसको लागि नेपाल विद्युत प्राधिकरण, सामुदायिक ग्रामिण विद्युतिकरण विभागबाट मिति २०७६ साल असोज २९ गते ३ करोड ५९ लाख ८५ हजार ७ सय ६२ कार्यक्रम स्वीकृत भएको छ । यसको टेन्डर समेत भई झंकार सरस्वती जे.भी.लाई कार्य गर्न कार्यादेश समेत जारी भएको छ ।’
कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका केन्द्रिय अध्यष नारायण ज्ञवाली, नेपाल विद्युत प्राधिकरण पाँचखाल प्रमुख मेघनाथ ढकाल, जिआई जेटका भुषण अधिकारी, नेकपाका नेता नारायण पाण्डे, संग्रामजीत लामा, इन्द्र तामाङ जेनिष लामा, घनश्याम लामा, विभिन्न वडाका वडा अध्यक्षहरु लगातका सहभातीता रहेका थिए ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पुष्प लामा र कोषाध्यक्ष कुलबहादुर लामाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्रमान तामाङले गरेका थिए भने स्वागत इन्द्र अधिकारीले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















