तेमाल । वागमती प्रदेश सभाका सदस्य सांसद रत्न ढकालले भकुण्डेबेसी–मेच्छेपौवा हुँदै माम्दीसम्मको सडक आफ्नै कार्यकाल भित्र पिच (कालपत्रे) हुने बताएका छन् । बुधबार तिमाल सामुदायिक ग्रामिण विद्युतिकरण सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभालाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
‘अब मेरै कार्यकालमा मेरै कार्यकालमा भकुण्डेबेसी–मेच्छेपौवा–माम्दी सडक पिच हुन्छ । एक स्तथानीय तह, एक कालपत्रे सडक नीति वर्तमान सरकारको रहेकोले यो अब अगाडि बढ्छ ।’ ढकालले भने, ‘बर्खामा पनि चल्ने गरि तेमालका सबै सडकहरु बनाउने क्रममा हामी छौं ।’

भिडियो:

सबै घरघरमा खानेपानी यही महिनामा
कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले तेमालको सबै घर–घरमा खानेपानी पु¥याउने योजना एक महिना भित्रमा शुरुवात हुने बताए । तेमालको याङबेल डाँडामा एक महिन भित्रमै पानी आईपुग्ने उनले दावी गरे ।
‘सबै घरघरमा खानेपानी पु¥याउने योजना बढीमा १ महिना भित्र सम्पन्न हुँदैछ ।’ उनले भने ।
विद्युतिकरणमा काँचुली फेर्दैछ तेमालमा
कार्यक्रममा सांसद ढकालले तेमालमा विद्युतिकरण योजनाले नयाँ काँचुली फेर्ने बताउँदै विद्युत सहकारी मार्फत जनताको घर–घरमा जाने योजना बनाउने बताए । ‘१४ वर्षदेखि शुरु भएको विद्युतिकरणको योजनाले नयाँ काँचुली फेर्दै छ । नयाँ तार र फलामका पोलहरु फेरिदैछ । अब नयाँ ढंगले विस्तार हुँदैछ । नयाँ ढंगले तेमाल झिलिमिलि हुँदैछ ।’ उनले भने, ‘संघ र प्रदेशको विकास पूर्वाधारको साझेदारी कार्यक्रम अन्तर्गत सहयोग गर्नुप¥यो भन्नु भएको छ । यो विद्युत सहकारी मार्फत काम गर्दा प्रत्यक घर–घरमा सहयोग पुग्ने रहेछ । एउटा वडामा होइन, एउटा टोलमा होइन, प्रत्येक घरघरमा सहयोग पुग्ने रहेछ । अब यो योजना अघि बढ्छ ।’
तामाङ संग्राहलय देशै भरिका तामाङको
कार्यक्रममा संघ र प्रदेशको बजेट अन्तर्गत गाउँपालिका स्तरीय योजनाहरु धेरै अघि बढेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतका विषयमा बजेटहरु परिचलान भइरहेको समेत उनले बताए ।
निर्वाचनको क्रममा प्रतिबद्धता जाहेर गरेका योजनाहरु विस्तारै अगाडि बढेको उने बताए । ‘तामाङ संग्रहलाय निर्माण गर्ने भनेका थियौं । यो प्रक्रिया अघि बढी नै सक्यो । तामाङ संग्राहलय केवल तेमालको मात्र होइन, देशैभरिको तामाङहरुको संग्राहलय हो । सबैले तामाङ जातिको लिपी भाषा, संस्कृति हेर्नको लागि यो नमुना हुनेछ ।’ उनले भने, ‘भ्यूटावरको लागि ५० लाख बजेट छुट्याएको थिएँ । चित्त बुझ्दो ढंगले यो अगाडि बढाउन सकेको रहेनछ, यस पटक बजेटको व्यवस्था गर्न सकेको छैन, त्यसलाई पनि अगाडि बढाउनुछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।