काठमाडौं । निकै मार्मिक माया प्रेम समर्पित तामाङ गीत “ह्वाम्ला मायासे बजारमा सार्वजनिक भएको छ।

माया यस्तो हो जुन मायामा संसार हुन्छ बिश्वास हुन्छ ।त्यस्तै नायक अमिर दोङले स्पर्श माया प्रेममा अाफ्नो प्रेमिका रञ्जिता तामाङलाई निश्चल मायाका साथ पछ्याइ रहेको छन् ।

निर्देशक तथा चर्चित नायक अमिर दोङ र रञ्जिता लामाले मुख्य अभिनय गरेका छन्।भने बाल अभिनयमा शुवाङ दोङ र जस्मी तामाङले निकै आकर्षक अभिनय गरेको छन् ।भिडियोले साँच्चिकै माया गर्ने जोडीहरुको लागि उत्प्रेरण मिलेको छन् ।

चर्चित गायक तथा संगीतकार विशाल काल्तानको रचना रहेको गीतमा गायक अाफै विशाल काल्तान र जितु लोप्चानको  सुमधुर अावाज रहेका छन् ।

एरेन्जर र मिक्सिङ दिपेस प्रधानको रहेको गीतमा कोरियोग्राफी र निर्देशक नायक अमिर दोङले नै गरेका भिडियोको ड्रोन क्याप्टेन सुर्य लामाको रहेको छन् ।
यस म्युजिक भिडियोको सिन्धुली, काभ्रे रोशीखोला र काठमाडौंको विभिन्न रमणीय दृश्यहरु यस भिडियोमा अवलोकन गर्न सकिनेछ ।

भिडियो हेर्नुस्

Comments

comments