मण्डनदेउपुर । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. १२, ज्याम्दीको बिस्कुटी खोल्सामा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजे दुर्घट्ना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार बा ३ ख ७१२१ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोहि वडाको हल्देछापका वर्ष २१ का रोशन ठकुरी र १४ वर्षका दिलीप ठकुरीको मृत्यु भएको छ ।
ठुल्दिबेसीबगर बाट रामपुर वालुवा बोकेर रामपुर जाने क्रममा उक्त मिनिट्रक दुर्घट्ना भएको डिएसपी थापाले जानकारी दिए ।
ट्रकमा २ जना मात्र रहेको र दुई जनाकै मृत्यु भएको वडा नं. १२ का वडा अध्यक्ष गोविन्द पराजुलीले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















