धुलिखेल । कैद तथा जरिवाना बुरुजु भई फरार रहेका काभ्रेका एक व्यक्ति ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साबिक फलाटे–७ को हाल भुम्लु गा.पा. ७ बस्ने वर्ष ३५ को हरि भन्ने सुरज खरेललाई बनेपाबाट पक्राउ गरीएको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाका अनुसार जिल्ला अदालत काभ्रेको फैसला कार्यन्वयन नगरी फरार रहेका थिए ।
सोही वडाका हरि भुजेललाई कुटपिट अंगभंग गरेको मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६८ भदौ १ गतेका दिन २ वर्ष कैद र रु. ५ हजार ८ सय ३७ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
खरेललाई बनेपा न.पा. वडा नं. ०८ बाट पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए । थापाका अनुसार खरेललाई जिल्ला अदालतमा पेश गरेकोमा उनलाई लागेको कैद तथा जरिवाना भुक्तानको लागि शुक्रबार नै कारागार चलन गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।