अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको छैटौं गाउँसभा तथा अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । विहिबार गाउँसभा तथा अर्धवार्षिक समिक्षा गाउँपालिका अध्यक्ष डिबी लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।
गाउँसभामा आफ्नो समिक्षात्मक धारणा राख्दै वडा अध्यक्ष राम तामाङले नीति बनाएपनि कार्यन्वयनमा चुनौती रहेको र चुनौतीलाई सामाना गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

त्यसैगरि वडा अध्यक्ष भोज बहादुर बोहराले समितिलाई दिइएको काम राम्रोसँग नभएको र सबै काम गाउँपालिकाले नै गरेमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यपालिका सदस्य श्रीदास लामाले विगतमा रोशीको आम्दानी क्रसर उद्योग रहेको अब वैकल्पिक आम्दानीमा जोड दिनुपर्ने र उद्योगलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
गाउँसभा सदस्य कान्छामान तामाङले रोशी गाउँपालिकामा निर्माण हुन लागेको १५ शैयाको अस्पताल केन्द्रमा नभएको र निर्णय सच्याउन माग गरे ।

गाउँ सभामा रोशी गाउँपालिकाका प्रवक्ता पदम लामाले चालु आर्थिक वर्ष २०७६।०७७ को हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए भने आर्थिक वर्ष २०७६।०७७ को संशोधित आय–व्ययको प्रस्ताव उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती वर्तौलाले प्रस्तुत गरेकी थिईन् ।
गाउँसभाले गरेका महत्वपूर्ण निर्णयहरु यस्ता छन्ः
१. रोशी गाउँपालिकाको गाउँसभा सदस्य तथा वडा नं १२ का वडा सदस्य विनोद कुमार सिँजाली मगरको मिति २०७६।११।०९ गतेका दिन असामयिक निधन भएकोमा मृत आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने र शोक प्रस्ताव पारित गरियोस् भन्ने प्रताव पारीत भएको छ ।
२. आर्थिक वर्ष २०७५।०७६ मा ढुंगा गिट्टिबाट ८ करोड ५९ लाख ९४ हजार संकलन भएको थियो, सोही तथ्यांकलाई आधार मानी ७ करोड ५९ लाख २५ हजार संकलन हुने अनुमान गरी उक्त रकमबाट हुने १३ प्रतिशत मूल्य अभिवृद्धि कर कटाई हुने रकमको ०.५ प्रतिशत जिल्ला समन्वय समितिलाई र ४० प्रतिशत बाग्मति प्रदेशलाई बाँडफाड गरि बाँकी हुने रकम कूल ४ करोड ५० लाख १ हजारको आय अनुमान गरी सो अनुसारकै कार्यक्रमहरु विनियोजन गरिएकोमा हालसम्मको आय दाखिलाको अनुपात हेर्दा सो लक्ष्य पूर्ति हुन नसक्ने देखि १ करोड ५० लाख, १ हजार घटाई रु ३ करोडको संशोधित अनुमान पेश गरिएको र विनियोजन ऐन २०७६ मा समानीकरण, विशेष, सममूरक, सशर्त तथा राजश्व बाँडफाँडबाट अनुमानित आय तथा व्यय तर्फको चालु तथा पूँजिगत रु ६५ करोड ८ लाख ६३ हजार अनुमानलाई संशोधन गरी कूल संशोधित अनुमान ६४ करोड ४२ लाख ५८ हजार ६०० कायम गरीयो ।
३. गाउँकार्यपालिकाको मिति २०७६ श्रावण २३ गतेको निर्णयबाट चालु आर्थिक वर्ष २०७६र०७७ मा विनियोजित योजनाहरु मध्ये प्रत्येक वडालाई ५ लाखका योजना स्थगित गरि विपद् व्यवस्थापनमा खर्च गर्ने गरी निर्णय भएकोमा सो निर्णय अनुमोदन गर्ने र स्थगित गरिएका योजनाहरु कार्यन्वयनका लागि विपद् व्यवस्थापनमा रु ६० लाख (साठ्ठी लाख) रुपैयाँ थप गरीएको छ ।
४. रोश गाउँपालिका वडा नं १ खहरेपाँगु फलामेसाँघुमा रहेको कित्ता न. ५४२ को ९५ रोपनी मध्ये २५ रोपनी सार्वजनिक जग्गा खहरेपाँगुमा निर्माण हुन लागेको १५ शैय्याको अस्पतालको नाममा कायम गर्न नेपाल सरकार समक्ष सिफारिस गर्न निर्णय भएको छ ।
५. चालु आ.व.का लागि जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेको पाइप सम्बन्धि दररेट तौलमा हाल बजारमा पाइप नपाइएकाले गुणस्तर तथा नापतौल विभागद्धारा जारी गरिएको पाइप खरिद सम्बन्धि देहाय बमोजिमको दररेट स्वीकृत गर्ने निर्णय भयो ।
६. शान्ति जनआदर्श सेवा केन्द्रबाट प्रस्ताव भए बमोजिमका आयोजनाहरुमा ५०र५० लाग साझेदारीमा कार्यक्रम आयोजना सञ्चालन गर्ने निर्णय भए बमोजिमका योजनारकार्यक्रमहरु अनुमोदन गर्ने निर्णय भएको छ ।
७. आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मति प्रदेशको मिति २०७६।११।१४ गते प्रकाशित सूचना बमोजिम समपूरक अनुदान तथा विशेष अनुदान मार्फत हाल सम्म डि.पि. आर. तयार भएका योजना÷कार्यक्रमहरुका लागि बजेट माग गर्ने निर्णय गरिएको छ ।
८. वडा तथा विषयगत शाखाबाट संशोधनका लागि पेश भएका योजनारकार्यक्रमहरु मध्ये रोशी गाउँपालिकाबाट सिफारिस गरिएका देहायका योजना कार्यक्रमहरु संशोधन गर्ने निर्णय भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















