काठमाडौं । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ११ की शर्मिला स्याङ्तानले १४ वटा हिमाल चढेर किर्तिमान कायम गर्ने योजना बनाएकी छिन् । नेपालको पर्यटन प्रवर्द्धन र पर्वतारोहण क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यसहित स्याङतानले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने अभियानमा लागेकी हुन् ।
पर्वतारोही स्याङताका अनुसार यहीं मार्च अन्तिम सातादेखि अन्नपूर्ण हिमालबाट आरोहण थाल्ने योजना बनाएकी छिन् । यस अघि उनले सर्वोच्च शिखर सगरमाथा, मनास्लु लगायत आधा दर्जन बढी हिमाल चढिसकेकी छिन् । ‘अब १२ वटाको हिमाल आरोहण गर्नेछु ।’ उनले भनिन् ।
१४ हिमाल आरोहण सफल भएमा उनी नेपालको पहिलो महिला बनी स्याङ्तानले किर्तिमान गर्नेछिन् ।
एक दशकदेखि पर्वतारोहण क्षेत्रमा लागेकी स्याङ्तानले हिमाल चढ्नु शोख र व्यवसायमात्रै नभइ महिला सशक्तिकरण र मानव बेचविखन अन्त्यका लागि केन्द्रित गर्ने बताइन् । ‘पर्वतारोहणसँग समग्र राष्ट्रको प्रतिष्ठालाई उचाईमा र्पुयाउन र पर्यटन क्षेत्रबाटै कुसंस्कार र कुरीतिको अन्त्य गरी विश्वभर सकारात्मक सन्देश र्पुयाउन लक्ष्य छ ।’ हिमाल आरोहणबारे औपचारिक जानकारी दिंदै उनले भन्,ि ‘हिमाल चढ्नु मेरो शोख र व्यवसाय मात्रै होइन महिला सशक्तिकरण र मानव बेचविखन अन्त्यका लागि केन्द्रित गरेको छु ।’
हिमाल आरोहणकोबारेमा जानकारी दिने कार्यक्रममा वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले पृथक् उद्देश्य र सन्देशसहित गर्न लागिएको आरोहणमा सबैले सहयोग गर्नुपर्ने धारणा राखिन् । उनले वाग्मती प्रदेशका पर्यटनमन्त्री, केन्द्र सरकारसँग पहल गर्ने भन्दै संघ सरकारलाई पनि उद्देश्य बुझाउन सकिएमा सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।
पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता दिलमान पाख्रिनले १४ वटा हिमाल चढ्ने सहासलाई ‘बहादुरी’ को संज्ञा दिँदै सबैले सहयोग गर्नुपर्ने बताए । उनले पहिले पनि सहयोग गरेको स्मरण गराउँदै अब पनि तयार गरेको धारणा राखे ।
त्यस्तै पूर्वराज्यमन्त्री परशुराम तामाङले आफू पहिले पर्यटन राज्यमन्त्री भएको नाताले सोही मन्त्रालयमा पहल गर्ने र व्यक्तिगत रुपमा सहयोग गर्ने वचन दिए ।
‘शर्मिला लामा १४ हिमाल आरोहरण अभियान सहयोग समिति’
स्याङ्तानको हिमाल आरोहणका लागि आर्थिक संकलनका लागि इन्दिरा घलेको संयोजकत्वमा ‘शर्मिला लामा १४ हिमाल आरोहरण अभियान सहयोग समिति’ बनाइएको छ । समिति सचिवमा डीबी तामाङ, कोषाध्यक्षमा राजेश्वरी श्रेष्ठ छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।