तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ स्थित रोशी खोलामा बेवारिसे लास फेला परेको छ ।
आइतबार साँझ उक्त व्यबहारिसे लास फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले तेमाल अनलाईनलाई जानकारी दिए ।
‘मृतकको पहिचान खुल्न सकेको छैन ।’ डिएसपी थापाले भने, ‘अनुसन्धान भइरहेको छ ।’
उक्त बेवारिसे लास फेला पार्ने वित्तिकै जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट डिएसपी थापाको नेतृत्वमा त्यस तर्फ खटेका थिए ।
उक्त लास अन्दाजी ४५÷५० वर्षको पुरुषको रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे छानविन अगाडी बढाएको थापाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















