कोभिड–१९ को प्रकोप देखिए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण र जनशक्तिले थेग्न नसक्ने अवस्था कान्तिपुर दैनिकमा समाचार छ । कुनै न कुनै ठाउँबाट सहारा दिनुपर्ने र जनशक्ति बढाउनुपर्ने स्थिति रहेको त्यहाँ कार्यरत प्राविधिकहरू बताउँछन् ।
प्रयोगशालामा कोभिड–१९ परीक्षणका लागि दैनिक एकरदुई नमुना आउने गरेको छ । ‘हाल हामी दिनहुँ करिब एक सय र सातामा पाँच सय नमुना परीक्षण गर्न सक्ने स्थितिमा छौं,’ प्रयोगशालाकी निर्देशक डा। रुना झाले भनिन्, ‘अहिलेको कोभिड–१९ परीक्षणमा पाँच जना मात्रै खटिएका छन्, जनशक्ति ज्यादै न्यून छ ।’
हाल करिब एक हजार पाँच सय जनाको नमुना परीक्षण गर्न सक्ने रसायन मात्र प्रयोगशालामा छ । एक जनाको परीक्षण गर्दा करिब १०–१५ हजार र समूहमा गर्दा चार–पाँच हजार रुपैयाँ खर्च हुने डा। झाले जानकारी दिइन् ।
जनस्वास्थ्य विज्ञहरूले भने संक्रमण फैलिए पूर्वतयारी अभावमा ‘सिस्टम’ नै अस्तव्यस्त हुने चेतावनी दिएका छन् । सरकारले प्रयोगशाला परीक्षणमा समेत पर्याप्त पूर्वतयारी नगरेको उनीहरूले गुनासो गरेका छन् । ‘एक्कासि पाँच–सात सय जनाको कोरोना परीक्षण गर्नुपर्‍यो भने हाम्रो सिस्टम नै ध्वस्त हुन्छ,’ पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक एवं वरिष्ठ जनस्वास्थ्यविद् डा। शरद वन्तले भने, ‘अन्य मुलुकमा हजारौं परीक्षण भइरहेका छन्, हाम्रो तयारी खोइ रु’ कुनै ठाउँमा कोभिडको आकस्मिक सुरुवात भएर चार–पाँच जना संक्रमित देखिए त्यसको फैलावटलाई थेग्ने क्षमता अहिले नरहेको उनले दाबी गरे ।
स्वास्थ्य मन्त्रालयका अनुसार माघ ९ गते चीनबाट फर्किएका एक नेपालीमा कोभिड देखिएपछि अरू ४ सय ४१ शंकास्पद नमुना परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ४६ दिनयता मुलुकमा कुनै पनि शंकास्पद नमुना परीक्षण गर्दा संक्रमण नदेखिएको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।