धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १० ले कोरोना भाइरस (कोभिड–१९) को बारेमा वडामा सचेतना जगाउन ‘मास्क अभियान’ सञ्चालन गरेको छ । वडा कार्यालयले कालिका माबि र बालज्योती आधरभूत बिद्यालयका करिब ४ सय विद्यार्थीलाई निःशुल्क मास्क र साबुन वितरण गरेर ‘मास्क अभियान’ मंगलबारदेखि शुरु गरेको हो । गरेको छ ।

वालमैत्री वडाको रुपमा रहेको सो वडामा वडा कार्यालयको आफैले उत्पादन गरेर विद्यार्थीहरुलाई माक्स र सावुन वितरण गरेको थियो ।
अञ्जली तामाङको भिडियो रिपोर्ट
दिनानुदिन बढ्दै कोरना भाइरसको बारेमा सचेतना जगाउने र बजारमा माक्सको अभाव देखिएकोले संकेतिक रुपमा विद्यार्थीहरुलाई माक्स वितरण गरेको वडा नं. १० वडा अध्यक्ष पुष्पराज राउतले बताए ।

‘माक्स बजारमा छैन भन्ने थाहा भयो, सबै विद्यालयको विव्यसको बैठक बस्यौं, अनि माक्स र सावुन वितरण गर्ने हामीले निर्णय गर्यौ ।’ वडा अध्यक्ष राउतले भने, ‘हाम्रो वडालाई मास्कमा आत्मनिर्भर बनाउन पनि यो योजना बनायौं । हामी आफैले कपड किन्यौं, मास्क बनायौं ।’
कोरोना भाइरस सम्बन्धी सामाजिक सचेतनाको लागि पनि यो मास्क अभियान चलाएको राउतले बताए । वालमैत्री वडा भएकोले पनि आफूहरुले वालवालिका मार्फत आम जनतामा यो भाइरसको बारेमा सचेतना जगाउने प्रयत्न रहेको उनले बताए ।

‘जन उत्तरदायी हुनलाई पनि यो अभियान हामीले वडा भरि चलाएका हौं ।’ उनले भने, ‘सामाजिक सचेतना पनि हो यो । अब वडाका सबै जनतालाई माक्स पुर्यौउने काम गर्दैछौं ।’
वडाको वालमैत्री कार्यक्रम
वडालाई वालमैत्री कार्यक्रम घोषणा गरेपछि वडाले वालवालिकाको आधारभूत कुराहरुमा ध्यान दिंदै आएको वडा अध्यक्ष राउतले जानकारी दिए । आमाको गर्वदेखि नै वालवालिकाका लागि वडाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको राउतको भनाई छ । ‘हामीले सुत्केरी महिला बिशेष कार्यक्रम सन्चालन गरेका छौ ।’ उनले भने, ‘वच्चा जन्मेपछी २१ आइटमको सुत्केरी मसला बितरण गर्ने गरेकाछौं । त्यसैगरि पहिलो खोपमा न्यानो कपडा, दोस्रो खोपमा चेपान्प्रास, तेस्रो खोपमा हार्लिक्स र चौथोमा सर्वोत्तम पिठो दिने गरेका छौं ।’

त्यसैगरि अतिरिक्त क्रियाकलापको आयोजना, अभिभावकसँग अन्तरकृया, विद्यालयको १ सय मिटर वरपर मादक पदार्थमा रोक लगाउने जस्ता कार्यहरु गर्दै आएको वडा अध्यक्ष राउतको भनाई छ ।
‘डराउनुहोस्, तर नतर्सिनुहोस्’ -स्वास्थ्य प्रमुख केसी

माक्स वितरण कार्यक्रममा धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले विद्यार्थीहरुलाई कोरोना भाइरसबाट नतर्सिन अनुरोध गरे । ‘कोरोना भाइरसदेखि डराउनुहोस् तर नतर्सिनुहोस् ।’ स्वास्थ्य प्रमुख केसीले भने, ‘रोक लाग्नु भन्दा रोकथाम गर्नु ठूलो कुरा हो । रोग लाग्नबाट बच्नुपर्छ । त्यसको लागि हामी सचेत हुन आवश्यक छ ।’
माक्स भाइरस प्रतिरोधी बस्तु नभई सचेतनाको एउटा ‘सिम्बोलिक’ बताए । कार्यक्रममा केसीले कोरोना भाइरसको परिचय, लक्षण, रोकथामको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले वडाको मास्क अभियानको प्रसंसा गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















