तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८, खड्कुले दह स्थित रोशी खोलाको किनारमा भेटिएको बेवारिसे लासको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाका अनुसार सो लास रोशी गाँउपालिका वडा नं. १२ बस्ने बर्ष ५७ को मान बहादुर रानामगरको हो ।
गत फागुन २५ गते बेलुका साँझ ६ः३० बजेको समयमा तेमाल गाँउपालिका वडा नं. ८ खड्कुले दह भन्ने स्थानको रोशी खोला नजिक राम बहादुर घिसिङको तोरी खेतमा मगरको लास बेवारिसे अवस्थामा भेटिएको थियो । स्थानियहरुबाट खबर हुनसाथ तत्काल ईलका प्रहरी कार्यालय मंगलटारबाट र जिल्ला प्रहरी कार्यालयबाट डिएसपी थापाको कमाडमा घट्नास्थल पुगी अनुसन्धान गरेका थिए ।
प्रहरीले लाश रहेको स्थानको घट्नास्थल तथा लासजाँच प्रकृति मुचुल्का समेतको प्रारम्भीक अनुसन्धान पुरा गरी पोष्ट मार्टमको लागि फोरेन्सिक मेडिसिन बिभाग त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौको शब गृहमा राखेको थियो ।
डिएसपी थापाका अनुसार उक्त पहिचान हुन नसकेको लाशको आफन्तहरुको खोज तलास भई रहेको अबस्थामा मृतक लाशको फोटो तथा मृतक लासको शरिरमा लगाईएको कपडा समेतको आधारमा सखनाखत भएको हो । मृतक लाशको सम्बन्धमा के कसरी मृत्यु भएको हो भन्ने अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Comments

comments