काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने समूहलाई सत्तारुढ आतंककारिको संज्ञा दिएका छन् । बाँस्कोटाको घरमा वम विष्फोट गराए लगत्तै अध्यक्ष प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै सो समूहलाई आतंककारी समूहको संज्ञा दिएको हो ।
‘आज विहान ७ः५० बजे हाम्रो पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कमरेड गोकुल प्रसाद बाँस्कोटाको मध्यपुर नगरपालिका वडा नं. १ लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त अपराधिक घट्नाको घोर निन्दा एवं भत्र्सना गर्दछु । घट्नामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’ प्रचण्डद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
प्रेसित विज्ञप्ति

Comments

comments