काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नं. ६, दमारबेसीमा रुखकाटी ढाल्ने क्रममा टाउकोमा लाग्दा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार मंगलबार रुखकाटी ढाल्ने क्रममा सोही वडाका सल्लेनी निवासी वर्ष ४१ का निलध्वज वाईबाको मृत्यु भएको हो ।
छिमेकी श्याम लामाको घर निर्माणको लागि निजकै बारीमा रहेको साल प्रजातिको रुख काटेका थिए । रुख ढल्दा टाउकोमा लागेपछि वाईबाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घट्ना घटेको सूचना प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय देबिटारबाट र जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट घट्नास्थलमा अनुसन्धानको लागि पुगेको थियो ।
वाईबाको लास पोष्टमार्टम पछि उनका आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















