काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले आफ्नो पार्टी इन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाको घरमा वम विष्फोट गराएकोमा विरोध जनाएको छ । जिल्ला अध्यक्ष रुकु चौंलागाई र सचिव टोकबहादुर वाईबाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विष्फोटको विरोध गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छः
‘आज मिति २०७६ फागन २८ गते विहान ७ः५० बजे हाम्रो पार्टी नेकपाका केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कमरेड गोकुल प्रसाद बाँस्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली भक्तपुरस्थित निवासमा आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पु¥याएको छ । हाम्रो पार्टीको तर्फबाट उक्त अपाराधिक घट्नाको घोर निन्दा एवं भत्र्सना गर्दछौं । घट्नामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

त्यसैगरि राष्ट्रिय युवा संघ नेपाल, काभ्रे र प्रेस संगठन, नेपाल, काभ्रेले पनि एक प्रेस विज्ञप्ति जारी गरी विष्फोटको विरोध गर्दै कार्वाहीको माग गरेको छ ।


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















