काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटी प्रचार तथा प्रकाशन बिभागको सपथ ग्रहण तथा पहिलो बैठक विहिबार सम्पन्न भएको छ । पार्टीको स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ ग्रहण गराएकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश ईन्चार्ज शाक्यले पार्टी नेतृत्व र सरकारले गरेका राम्रा कामको प्रचार गर्न नसकेको अवस्थामा प्रचार तथा प्रकाशन विभागले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । शाक्यले सरकार वा पार्टी नेतृत्वले गलत गरे विरोध गर्नुपर्ने बताउँदै ध्वंसात्मक आलोचना नगर्न र र रचनात्मक ढंगले विरोध गर्नुपर्ने बताए ।

‘कमिटी कमिटीको लागि मात्र होइन । कामको लागि हो ।’ उनले भने, ‘पार्टीको सिद्धान्त, विचार मुखले भनेर हुँदैन, अब व्यहारमा उतार्नुपर्छ ।’
कार्यक्रममा नेकपा बागमती प्रदेशका सह–ईन्चार्ज काशीनाथ अधिकारीले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले परिवर्तनको अभियानमा निर्णायक भूमिका खेलेको उल्लेख गर्दै पार्टी एकता पछि पनि सबैभन्दा अब्बल पार्टी बनेको धाराणा राखे । अधिकारीले नेकपाको नेतृत्वमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै आर्थिक र साँस्कृतिक क्रान्ति सम्पन्न गर्न आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिए ।

नेकपा बागमती अध्यक्ष नारायण दाहालले फेसबुकमा आएको कुरालाई केन्द्रमा राखेर धारणा बनाउनेहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई चिर्न प्रचार तथा प्रकाशन विभागले भूमिका खेल्नुपर्नेमा जोड दिए । कम्युनिष्ट पार्टीको सदस्य पोखरीको पानी जस्तो स्थिर नभई समुन्द्र जस्तो गतिशील हुनुपर्ने बताउँदै पार्टी र सरकारले गरेका राम्रा कामहरु जनतामाझ पुर्यान निर्देशन दिए ।
कार्यक्रममा नेकपा बागमती प्रदेशका सचिव आनन्द पोखरेलले पार्टीको विधानमा उल्लेख गरेको प्रचार तथा प्रकाशन विभागको काम, कर्तव्यकोबारेमा चर्चा गरेका थिए ।

विभागीय प्रमुख सागर नेपालको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रमको संचालन विभागका उप–प्रमुख टंकलाल घिसिङले गरेका थिए ।
यस अघि २०७६ फागुन १६ गते बसेको नेकपा बागमती प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको टुंगो लगाएको थियो ।

नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको नामावलीः
प्रमुखः सागर नेपाल
उपप्रमुखः टंकलाल घिसिङ
सचिवः ध्रवप्रसाद घिमिरे
सदस्यहरु:
आनन्द पुन
उज्वल चौलागाई
कल्पना विसुराल
कालिका खड्का
कृष्णहरि घिमिरे
गायत्री खतिवडा
ग्याम्जो लामा
चिरञ्जीवी मास्के
नानी मैंया बिष्ट
दयाराम आचार्य
देवचन्द्र भट्ट
प्रमोद दाहाल
मीनकुमार सिवाकोटी
लक्ष्मी बस्नेत
विश्वमणी सुवेदी
शालिग्राम नेपाल
संजय देवकोटा
सुरोजंग पाण्डे
सोम शर्मा बजगाईं
रामचन्द्र नेपाल
रामकृष्ण थापा
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















