यस्ताे रहेछ बिप्लब समूहको स्थायी समिति र पोलिट्ब्यूरो भंग गर्नुकाे कारणा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोले पार्टीको ताम्सालिङ ब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवन तामाङलाई कारबाही गरेको छ । ब्युरो इन्चार्ज आधारले विज्ञप्ति प्रकाशित गरी तामाङलाई कारबाही गरिएको जनाएका हुन् ।
ब्युरो इन्चार्ज आधारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी क। भुवन तामाङले सामाजिक फासिवादी सरकारको गिरफ्तारी र केही समयसम्मको हिरासतपछि आत्मसमर्पण गरी पार्टी, क्रान्ति र जनतालाई धोका दिई गद्दारी गरेकाले पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिएको बेहोरा यसै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।