काठमाडौँ । वागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताएका छन् ।
फाइल तस्बिर ।
शनिबार पत्रकारसँग संक्षिप्‍त कुराकानी गर्दै उनले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास–काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्‍न र निर्माण सामग्रीका लागि सहज आपूर्ति तुल्याउन पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवेलाई सञ्‍चालन गर्न पहल गर्ने बताए।
उनले प्रदेश सरकारले आगामी आव २०७७।७८ मा कार्यान्वयन गर्ने गरी काम अघि बढाउने दृढता व्यक्त गरे।शुक्रबार मकवानपुरका उद्यमी व्यवसायी, सर्वसाधारण नागरिक र हेटौँडा–काठमाडौँ रोपवेका पूर्वकर्मचारीले भेटघाट गरी उक्त रोपवे लाइनलाई चाँडै सञ्चालन गर्न सुझावसहित माग प्रस्तुत गरेका थिए।
हेटौँडा उपमहनगरपालिका–१ चौकीटोलमा स्थापित देशकै एकमात्र पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन विगत एक दशकदेखि बन्द रहँदै आएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।