भुम्लु । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका र चौंरीदेउराली गाउँपालिका जोड्ने झोलुङ्गे पुल आज शिलान्यास भएको छ । झोलुङ्गे पुलको आज (आईतबार) एक कार्यक्रमकाबीच भुम्लु गाउँपालिका अध्यक्ष गुमाध्वज कुँवरले शिलान्यास गरेका हुन् ।

उक्त झोलुङ्गे पुलले भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लु र चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ विर्ता देउराली जोड्ने चौंरीदेउराली गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष धन तामाङले जानकारी दिए । वडा अध्यक्ष तामाङका अनुसार पुल खहरेखोलामा निर्माण हुन लागेको हो । दुईओटा पालिका जोड्ने पुल बनेपछि बिर्ता देउराली र कोँलाती भुम्लुका जनताको जनजीवनमा परिवर्तन हुने तामाङले जानकारी दिए ।
पुल ८६ मिटर लाम्बई भएको उक्त झोलुङ्गे पुल निर्माणका लागि संघीय सरकारको ३९ लाख २६ हजार २ सय ८५ रुपैया, भुम्लु गाउँपालिकाको २ लाख ७६ हजार ४ सय ३१ रुपैया र झोलुङ्गे पुल सहयोग इकाईबाट ३ लाख १२ हजार ३ सय २४ रुपैयाँ बजेट विनियोजन भएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।