बनेपा । कोरोना भाइरसकोबबारेमा सचेतना जगाउन बनेपा इलाका प्रहरी कार्यालय सक्रिय भएको छ । आज (आइतबार) इलाका प्रहरी कार्यालय बनेपाले कोरोना भाइरस सम्बन्धी सचेतना मुलक कार्यक्रमको सुरुवात गरेर सचेतना जगाउन थालेको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण गरेका ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
प्रहरी निरिक्षक तिमल्सिनाका अनुसार शीर मेमोरियल अस्पताल बनेपा र बनेपा हेल्थ केयर प्रा.लिको सहयोगमा सर्वधारणको स्वास्थ्य परिक्षण र निःशुल्क मास्क विरतण कार्यक्रमको आयोजना गरिएको हो । ‘अज (आइतबार) हामीले ५ सय थान मास्क वितरण गरेका छौं ।’ उनले भने, ‘१८ सय जना भन्दा बढी सर्वसाधरणको स्वास्थ्य परीक्षण गरिएको छ ।’
प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ७ चारदोबाटोमा हेल्प डेक्स स्थापना गरेको छ ।
प्रहरीले दुई अस्पतालको सहयोगमा निःशुल्क सुगर र प्रेसर जाँच गर्ने गरेको छ । त्यस्तै कोरोना भाइरसबाट खोगिने पर्चा र पम्प्लेट पनि वितरण गर्ने गरेको प्रहरी निरिक्षक तिमल्सिनाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















