पनौती । बनेपाबाट पननौति जाँदै गरेको टिपरले ठक्कर ठक्कर दिंदा पनौतीमा आमा–छोरीको मृत्यु भएको छ । आज (सोमबार) बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी विक्रम थापाका अनुसार गम्भीर घाइते भएका आमा–छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
डिएसपी थापाका अनुसार मृत्यु हुनेहरुमा खानीखोला गाउँपालिका वडा नम्बर १ निवासी २७ बर्षीय जुनीमाया तामाङ र उनकी छोरी स्मारिका तामाङको मृत्यु भएको छ ।
घट्नापछि रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय टिपर चालक नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















